नियम १४
इजाजतपत्र रद्द हुने
(१) देहायको अवस्थामा इजाजतपत्र स्वतः रद्द हुनेछ ः-
(क) झुट्ठा विवरण पेश गरी इजाजतपत्र लिएको पाइएमा,
(ख) नियम १३ बमोजिमको अवधिभित्र इजाजतपत्र नवीकरण नगराएमा,
(ग) नियम १५ बमोजिमको अवधिभित्र रोयल्टी रकम नबुझाएमा,  (२) नियम १८ विपरीत नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश
गराएमा वा क्यासिनो खेलाएमा ईजाजतपत्र रद्द गर्न सकिनेछ ।
(३) कुनै इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली बमोजिम पालना गर्नु पर्ने शर्तहरु पालना नगरेमा मन्त्रालयले निश्चित अवधि तोकी त्यस्ता शर्तहरु पालना गर्न, गराउन त्यस्तो इजाजतपत्र प्राप्त कम्पनीलाई सचेत गराउन सक्नेछ ।
(४) उपनियम (३) बमोजिम सचेत गराउँदा पनि इजाजतपत्र प्राप्त कम्पनीले यस नियमावली बमोजिम पालना गर्नु पर्ने शर्तहरु पालना नगरेमा मन्त्रालयले त्यस्तो इजाजतपत्र प्राप्त व्यक्तिको इजाजतपत्र रद्द गर्नेछ ।
(५) उपनियम (१) को खण्ड (क), उपनियम (२) र (४) बमोजिम इजाजतपत्र रद्द गर्नु अघि मन्त्रालयले इजाजतपत्र प्राप्त कम्पनीलाई आफ्नो सफाई पेश गर्न सात दिनको मौका दिनु पर्नेछ ।
(६) मन्त्रालयले यस नियम बमोजिम इजाजतपत्र रद्द भएको जानकारीे कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागलाई दिनु पर्नेछ ।